दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको छ । यसले भाइरसविरुद्धको लडाईमा अझ चुनौति थपिएको छ।
संक्रमित सबैलाई दाइगुस्थित क्वारेन्टाइनमा राखिएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । दाइगु भाइरसबाट सबैभन्दा बढी प्रभावित दक्षिण कोरियाली शहर हो । भाइरसको संक्रमणबाट निको भएको भनिएको केही दिनमा परिक्षण गर्दा उनीहरुमा संक्रमण भेटिएको जनाइएको छ ।
दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ती बिरामीमा भाइरसको संक्रमणभन्दा पनि शरीरमा पहिला नै रहेका भाइरसहरु रिएक्टिभ भएको जनाएको छ । दक्षिण कोरियाका स्वास्थ्य वैज्ञानिकहरुले मानिसहरुका सेलहरुमा जाँच हुँदा नदेखिने गरि लुक्न सक्ने क्षमता कोरोना भाइरसको देखिएको बताएका छन् ।