एनआईसी एशिया बैंक तथा वल्ड रेमिट र अर्बिट रेमिटका बीच सहकार्य

वल्ड रेमिट र अर्बिट फरेमिटमाफत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् । विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौं सहरहरू लकडाउनको अवस्थामा छन् । यस्तो अवस्थामा एनआईसी एशिया बैंकले वल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गरेर घरमै बसी स्वदेशमा रहेका आफ्नो परिवार वा आफन्तलाई रकम पठाउन सक्ने व्यवस्था गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआईसी एशिया बैंकले विदेशमा रहेका पारिवारिक सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो, जसबाट ग्राहकले लकडाउनको समयमा घरबाट बाहिर नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन् । यस व्यवस्थाले विदेशमा रहेका नेपालीहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवार तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ ।



वल्ड रेमिट र अर्बिट रेमिटबाट पैसा पठाउन https://www.worldremit.com/en/Nepal तथा  https://www.orbitremit.com/nepalमा लग इन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार