कोरोना संक्रमित बेलायतका प्रधानमन्त्रीको स्वास्थ्यमा आएन सुधार, भेन्टिलेटरमा राख्ने तयारी

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बाेरिस जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ । समाचार अनुसार प्रधानमन्त्री जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन । स्वास्थ्यमा सुधार नआएकाेले उनलाई भेन्टिलेटरमा राख्ने तयारी गरिएकाे छ । मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अवस्था स्थिर रहेको बताएका थियो ।



बेलायतका विदेश मन्त्री डोमिनिक राबले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा मंगलबार ब्रिफिङ गर्दै प्रधानमन्त्रीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको र सघन उपचार कक्षमा राखिए पनि श्वासप्रश्वासमा सामान्य समस्या रहेको बताएका थिए ।

सम्बन्धित समाचार