‘सुपर कम्प्युटर’को खुलासा : के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?

कोरोना भाइरसले सारा विश्वलाई आफ्नो प्रकोपबाट ग्रस्त बनाएको छ । यसका कारण अतुलनिय क्षति भएको छ । संसारभरका वैज्ञानिक र डाक्टरहरु यसको उपचार पद्धति र यसविरुद्धको भ्याक्सिन खोजी तथा जाँच गरिरहेका छन् । महामारी शुरु भएको पूरा १०० दिन बितिसक्दा पनि कुनै उपलब्धि हासिल नहुनुले कतै यो मिडियाको रिपोर्टमा जनाइए जस्तो जैविक युद्ध त होइन भन्ने आशंका अझ बलियो भएर गएको छ । त्यसमाथि विश्वका शक्तिशाली राष्ट्रहरुले आर्थिक विकासको सूूचकांकमा तलमाथि हुने बित्तिकै बिभिन्न रुपमा लिने बदलाले शक्तिराष्ट्रहरुको युद्धमा अरु स(साना मुलुक मिचिएका उदाहरणहरु इतिहासले देखाईरहेको छ ।

कोरोना भाइरसलाई प्राकृतिकरुपमा उब्जिएको भाइरस भन्दा पनि ल्याबमा टेस्ट गरिँदा बाहिरिएको भन्नेहरुको जमात एकातिर छ भने अर्को तिर चीन र अमेरिका यी दुई देशमध्ये एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै यो भाइरस कुन देशबाट आयो भन्नेमा पनि दुई मत छ ।



कोरोनाको महामारीबाट सारा मानिसहरु डराएका छन् । धेरै मानिसहरुले चीनको वुहान शहरलाई कोरोना भाइरसको उद्गमस्थल मान्ने गरेका छन् ।

चीनको एक सुपर कम्प्युटरले कोरोनाको महामारी चीनबाट नभई अमेरिकाबाट भएको बताएको छ । कम्प्युटरले कोरोना भाइरस अमेरिकाको एक अस्पतालमा गएको वर्ष रहस्यमयी निमोनियाबाट शुरु भएको हुनसक्ने बताएको हो ।

चीनको तियानजिनस्थित नेशनल सुपर कम्प्युटर सेन्टरको तियान(१ मेसिनले एक तस्वीर सार्वजनिक गरेको छ । फोटोमा अमेरिकामा गएको वर्षको जुलाईमा गम्भीर बिरामी भएका एक अमेरिकी नागरिकको फोटो देखिएको छ ।

उक्त तस्वीरका साथै उक्त व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने कुरा सुपर कम्प्युटरबाट पत्ता लागेको हो । रिपोर्टका अनुसार बिरामीका दुई वटै फोक्सोको तल्लो भागमा सेतो वस्तु पाईएको थियो । उक्त वस्तु कोरोनासँग बिल्कुलै म्याच हुन्छ ।

कम्प्युटरद्वारा जारी गरिएको विज्ञप्तिमा उक्त कम्प्युटरले कोरोनाको उद्गमस्थल अमेरिका भएको बताएको हो । उक्त संक्रमित व्यक्ति नर्थ क्यारोलिनाको ‘वेकमेड अस्पताल’मा भर्ना भएका थिए । उनको फोक्सोमा गम्भीर समस्या देखा परेपछि उनी अस्पताल पुगेका थिए ।

उनलाई श्वासफेर्न गाह्रो हुने, बान्ता हुने, पेट दुख्ने, र खोकी लाग्ने समस्या रहेको थियो । यी सबै लक्षण कोरोनासँग मिल्ने भएकोले चीनको सुपरकम्प्युटरले कोरोना भाइरस चीनबाट नभई अमेरिकाबाट फैलिएको हुनसक्ने कुरा पत्ता लगाएको छ ।

सम्बन्धित समाचार