विश्वका १४ लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । चीनमा भने यसको कहर लगभग समाप्त भइसकेको देखिन्छ । तर, नेपालसहित विश्वका अरू भागमा यसको त्रास अझै बाँकी छ भने कतिपय क्षेत्रमा उग्ररूप लिने सम्भावना छ । मानिसबाट मानिसमा तीव्र रूपमा सर्ने भाइरसबाट जोगिन नेपाल सरकारले लकडाउनको नीति अंगीकार गरेको छ । लकडाउन थप गर्दै वैशाख ३ गतेसम्म पुर्याइएको छ । पटक(पटक लम्ब्याउँदै लगिएको लकडाउनसँगै आम नेपाली घरबासमा सीमित भएका छन् । देश अर्थतन्त्रसँगै ठप्प भएको छ ।
यो लकडाउन कोभिड(१९ बाट जोगिनका लागि पहिलो अस्त्र मात्र हो । यो रामबाण होइन भन्ने कुरा चिनियाँ अनुभवले देखाइसकेको छ । सबैभन्दा पहिले रोग पत्ता लगाइएको चीनको वुहान सहरमा संक्रमण बढ्दै गएपछि लकडाउन गरिएको थियो । चीनले वुहान र हुपै प्रान्तका केही सहरमा मात्र पूर्ण रूपमा लकडाउन गरेको थियो । तर, लकडाउनमा मात्रै सीमित थिएन । घरघरका मानिसले हरेक दिन ज्वरो नापेर बुझाउनुपर्ने नियम थियो । शंकास्पद बिरामी आफैं अस्पतालसम्म पुगेर परीक्षण गराएका थिए । सरकार स्वयंले संक्रमित भेटाइएको ठाउँ वरपरका प्रत्येक मानिसको परीक्षण गरिनुका साथै निश्चित समयका लागि क्वारेन्टाइनमा राखिएको थियो । बिरामीको संख्या थपेसँगै अस्थायी अस्पताल पनि बनाउँदै लगिएको थियो । यता, नेपालले पनि प्रदेश(प्रदेशमा अस्पतालको तयारी गरेको देखिन्छ । त्यो सराहनीय छ तर संक्रमित भएरनभएको परीक्षण गरिन्न भने यसको अर्थ के रु लकडाउनको अर्थ के रु
वुहानमा संक्रमणको विस्तारमा कमी देखिएपछि घरघरमा पुगेर बिरामी भएरनभएको परीक्षण गरिएको थियो । विश्व स्वास्थ्य संगठनले पनि परीक्षण(परीक्षण भनिरहेकै छ । तर, नेपालले परीक्षणमा तीव्रता दिएको देखिन्न। लकडाउनको स्थितिमा संक्रमित देखिएको ठाउँ, क्षेत्रमा र यी संक्रमित पुगेका ठाउँ र सम्पर्कमा आएका मानिसको खोजी गरी सबैलाई क्वारेन्टाइनमा राख्ने र आवश्यकताअनुसार परीक्षण गर्न सहज थियो । तर, काममा चुस्तता देखिएको छैन । यसर्थ समग्र देशलाई नै यसरी लकडाउनमा राख्नु कति उचित छ रु यस्ता आवश्यक कदम संक्रमित भेट्टाइएको ठाउँ र संक्रमित पुगेको आसपास क्षेत्रमा मात्र चाल्दा पनि संक्रमणको रोकथाम र नियन्त्रण गर्न सक्ने देखिन्छ । तर, समग्र देशलाई नै यसरी लकडाउनमा अभ्यस्त गराउनु उचित छ र रु
दुई करोडभन्दा बढी जनसंख्या भएको बेइजिङमा ५ सय ८८ जनामा संक्रमण देखिएको थियो, त्यसमध्ये ४ सय ६४ जनाको उपचार भइसकेको छ भने ८ को मृत्यु भएको छ । यो अवस्थामा समेत बेइजिङमा पूर्ण रूपमा लकडाउन गरिएको छैन । बेइजिङवासीलाई भीडभाड नगर्न, बाहिर जाँदा मास्क अनिवार्य लगाउन र सामाजिक दूरीको नियम पालन गर्न तथा अनावश्यक बाहिर ननिस्कन स्थानीय सरकारले आग्रह गरेको छ र सारा बेइजिङवासीले यी नियम पालना गरिरहेका छन् ।
महामारीले उग्ररूप लिँदा पनि बेइजिङका सडकमा निर्वाध निजी गाडी, सार्वजनिक बस, मेट्रो र ट्याक्सी गुडिरहेका थिए । बसमा थोरै मानिसलाई चढाउने गरिएको थियो र यसमा यातायात संस्था र यात्रु आफैं पनि सचेत थिए। बजार पनि खुला थिए । तर, सामाजिक दूरी, एक मिटरको दूरीको नियम पालना गरिएको थियो। हरेक बजारमा प्रवेशसँगै तापक्रम लिने र कतिपय ठाउँमा नाम र फोन नम्बरसमेत दर्ता गर्नुपर्ने नियम थियो । त्यहाँ कोही संक्रमित भेटियो भने त्यहाँ पुगेका मानिसलाई खोज्न सहजताका लागि यसो गरिएको थियो । कुनै आवास क्षेत्रमा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई लकडाउन गरी क्वारेन्टाइन गरिएको थियो । यस क्रममा स्वयंसेवकको उचित ढंगले परिचालन गरिएको थियो। घरघरमा आवश्यक खाद्य सामग्री पुर्याइएको थियो । मोबाइल एप्समाफत किनमेल सुचारु थियो। कतिपय स्थानमा एक घरबाट एक जना मात्र किनमेलका लागि जान पाउने नियम बनाइएको थियो ।
कुनै क्षेत्रमा नयाँ संक्रमित फेला परे त्यो क्षेत्रमा नजान सर्वसाधारणका लागि सूचित गरिन्थ्यो। बेइजिङका सडकमा सबैले मास्क लगाएका हुन्थे । स्वयंसेवक तथा कर्मचारी ठाउँठाउँमा कीटाणुशोधन गरिरहेका देखिन्थे । पार्कमा संख्या तोकेर प्रवेश गराइएको थियो। कार्यालयमा आलोपालो गरेर काम चलिरहेको थियो। घरैमा बसेर रिमोर्ट वर्क प्रणाली लागू गरिएको थियो । विद्यालयमा पनि अनलाइन शिक्षा प्रणाली लागू गरिएको थियो। धेरैभन्दा धेरै चिनियाँ अत्यावश्यक कामबाहेक बाहिर नजान सरकारको आग्रहको अनुसरण गरेर घरैमा बसेका थिए। साँझ पर्नासाथ आमनेपालीसरह लकडाउन अवधिमा पनि सडकतिर ओइरिएका थिएनन् । सरकारले चालेका कदमलाई जनताले टड्कारो रूपमा पालना गर्ने परिपाटी पनि नेपालमा खट्केको छ।
यसैगरी, नेपालीको बाक्लो उपस्थिति रहेका देशमा संक्रमण बढदै गएपछि नै नेपालले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका यात्रुलाई सोझै क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था गर्न नसकेकै हो। समयमै भारतसँग जोडिएका नाकामा पनि यस्तो उपाय अवलम्बन गरेको भए आज दैनिक रूपमा हातमुख जोड्नेहरू र किसान प्रताडित बन्नुपर्ने थिएन। यसरी देश शिथिल हुने अवस्था पनि आउने थिएन । सारा जनता भय, सन्त्रास र मानसिक तनावमा बस्नुपर्ने थिएन ।
चीनमा विदेशबाट भित्रिएका केहीले सेल्फ तथा होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम तोडेर बाहिरिएपछि कानुनअनुसार सजाय पाएका छन्। विदेशी नागरिकको हकमा निष्कासनसमेत गरिएको छ। पछिल्लो समय चीनले चीन भित्रिएका यात्रु स्वयंले आफ्नो खर्चमा सरकारले तोकेको ठाउँमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ। विदेशबाट फर्केका हजारभन्दा बढी चिनियाँमा संक्रमण देखिएको छ। बेइजिङमा मात्र १ सय १६ जना यस्ता संक्रमित छन् । तर, चीन प्रवेशसँगै क्वारेन्टाइनमा रहेपछि स्थानीय रूपमा संक्रमणको डर रहेन र चीन यसरी भाइरस संक्रमण नियन्त्रण गर्न सफल भएको छ ।
यो अवधिमा चीनले अत्यावश्यक उत्पादनका कलकारखाना तथा वसन्ते खेतीका लागि किसानलाई प्रत्याभूति दिइएको थियो । खेत र कारखानाका उत्पादनको ढुवानी पनि सुचारु थियो । यद्यपि, भाइरस संक्रमणको विस्तार रोक्न लकडाउन पहिलो अस्त्र हो, रामबाण होइन । यी नजिरले पनि नेपालको सबै भूभागमा लकडाउन लम्ब्याइरहनुपर्ने आवश्यकता देखाउँदैन। नेपाल सरकारले शंकास्पद क्षेत्र पहिचान गरी सो क्षेत्रमा मात्र लकडाउन गर्ने, त्यसैगरी खुला नाकामा निगरानी राख्ने र मातृभूमि फर्कन चाहेकालाई ससर्त क्वारेन्टाइनमा राख्ने र नियम तोड्नेलाई सोहीअनुरूप कारबाही गर्नु नै सबैका लागि श्रेयष्कर हुनेछ ।