महामारीकाबीच ताईवानी ईलाकामा चीनको सैन्य शक्ति प्रदर्शन

पूरा विश्व कोरोनाको महामारीबिरुद्ध लडिरहँदा चीनले भने ताईवान वरिपरिको क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाएको त्यहाँको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

चिनियाँ लडाकू बिमानले ताईवान वरपरको क्षेत्रमा अनाधिकृत रुपमा युद्वक विमानहरु उडाउँदा शुक्रबार विहान सामान्य भिडन्त समेत भएको छ । ताईवानको सेनाले टापुको दक्षिणपश्चिममा उडान गरिरहेका चिनियाँ युद्वक विमानहरूलाई चेतावनी दिन जेट समेत उतारेको रक्षा मन्त्रालयले जनाएको छ ।



ताईवानले जेट हानेर जवाफ दिएपछि चिनियाँ युद्वक विमानहरु ताइवान र फिलिपिन्सबीचको बाशी च्यानल हुँदै आफ्नो आधार ईलाका फर्किएको बताइएको छ । सन् २०२० को प्रारम्भबाट नै चीनको जल सेना र वायु सेनाले ताइवान वरपरको इलाकामा गतिविधिहरु बढाएको मन्त्रालयको दावी छ । मन्त्रालयको विज्ञप्तिमा शुक्रवारको घटना जनवरी यताको छैठौं घटना भएको भनिएको छ ।

यसअघि चीनले ताईवानी राष्ट्रपति त्सोइसेवेगनले ताइवानले औपचारिक स्वतन्त्रताका लागि महामारीको प्रयोग गरिरहेको दाबीलाई चीनले तीव्र आलोचना गर्दै आइरहेको थियो । कोभिड–१९ ले पैदा गरेको महामारीकाबीचमा चीनले आफ्नो सामर्थ्यको प्रदर्शन गर्न उत्तेजक सैन्य कदमहरू अगाडि बढाएको एक स्थानीय अखबार चाइना ब्रिफका सम्पादक जोन डोटसनले जनाएका छन् ।

महामारीले चीनमा गम्भीर आर्थिक मन्दी खडा गरेमा ताइवानको सामुद्रीक क्षेत्रमा तस्करी बढ्ने आकलन गरिएको छ । उक्त अवस्था आए दुई देशबीच सामुन्द्री द्वन्द्व बढ्ने द गार्जियनले जनाएको छ ।

सन् १९४९ को गृहयुद्वपछि ताइवान र चीनले छुट्टाछुट्टै शासन चलाउन थाले पनि ताइवानलाई चीनले आफ्नै प्रान्त दावी गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार