चीनमा २९ लाख कोरोना संक्रमित भएको अमेरिकन थिंक ट्यांकको दावी

चीनमा कोरोना भाइरसको संक्रमितको संख्या २९ लाख भन्दा बढी रहेको एउटा अध्ययन प्रतिवेदनले दावी गरेको छ । कोरोना संक्रमितबारे चिनियाँ अधिकारीको दावीलाई चुनौती दिने गरीको अमेरिकन इन्टरप्राइजेज इन्ष्टिच्युट (एइआई) को उक्त प्रतिवदेनमा चीनमा ८० हजार नभई २९ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित रहेको दावी गरिएको छ ।

अप्रिल ७ मा सार्वजनिक गरिएको उक्त प्रतिवदेनमा २९ लाख हाराहारी चिनयाँहरु कोरोना भाइरसबाट संक्रमित भएको उक्त अध्ययनमा सह्रिक अमेरिकी थिंक ट्यांक डेरेक सिसर्सले दावी गरेका छन् ।



चीनको वुहानमा कोरोनाका महामारी फैलिएपछि पनि लाखौं मानिस अन्यत्र यात्रा गरेकाले संक्रमितको संख्या चीनभरी २९ लाख हाराहारी रहेको सिसर्सले बताएका छन् ।

जवकी चीनले कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको भन्दै कोरोनाको उद्भव मानिएको वुहानमा लकडाउन समेत हटाइसकेको छ । चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट अहिलेसम्म चीनमा ८२ हजार मानिस संक्रमित भएको र अब १ हजार हाराहारीमात्रै निको हुन बाँकी रहेको बताउँदै आएका छन् ।

सम्बन्धित समाचार