विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ ।
भारतमा संक्रमितमध्ये ९६९ जना उपचारपछि निको भएका छन् । ७ हजार १८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भारतको कोरोना संक्रमण र मृत्युदर इटालीकै रेसियोमा रहेको भन्दै इटालीकै जस्तो अवस्था आउन सक्ने चेतावनी बिभिन्न स्वास्थ्य संगठनहरुले दिंदै आएका छन् । कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७७० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७८ हजार ९ सय भन्दा बढी रहेको छ ।