चीनबाट होइन युरोपबाट कोरोना भाइरस छिरेको तथ्य भेटियो

एक नयाँ अध्ययनले अमेरिकाको न्यूयोर्क सहरमा पहिलो संक्रमित फेला पर्नुभन्दा पहिले मध्य फेब्रुअरीबाट नै कोरोनाभाइरसको संक्रमण फैलिसकेको देखाएको छ । सो क्षेत्रमा एसियाभन्दा युरोपबाट आएका यात्रुहरुले भाइरसको संक्रमण फैलाएको उक्त अध्ययनमा उल्लेख गरिएको छ ।

‘अधिकांश युरोपियन थिए,’ यसबारे अध्ययन गरेका माउन्थ सिनाईस्थित इकान स्कूल अफ मेडिसिन जेनेटिक विज्ञ हार्म भान बाकेल भन्छन् ।न्यूयोर्क विश्वविद्यालयको ग्रोसम्यान स्कूल अफ मेडिसिनको एक छुट्टै टोलीले गरेको अध्ययनमा पनि यस्तै निष्कर्ष निकालिएको छ । उनीहरुले छुट्टै केसहरुको अध्ययन गरेका थिए ।



दुवै टोलीले मध्य मार्चमा न्यूयोर्कका संक्रमितबाट लिएको कोरोनाभाइरसको जीनोम (genomes) को अध्ययन गरेका थिए । अध्ययनले शुरुवातमा नै व्यापक परीक्षण गरेको भए लुकिरहेको संक्रमणलाई फेला पार्न सकिने पनि तथ्य औँल्याएको छ ।

गत जनवरी ३१ राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको यात्रा गरेका विदेशी नागरिकलाई मात्र अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । (न्यूयोर्क टाइम्स)

सम्बन्धित समाचार