महिलाले एकैपटक ४ स्वस्थ बच्चालाई जन्म दिएपछि डाक्टर हैरान !

भारतको पटनामा एक महिलाले एकैपटक चार बच्चालाई जन्म दिएकी छन् । चार बच्चामध्ये दुई बालक छन् भने दुई बालिका रहेका छन् । भारतको पटनास्थित बेलि रोडको समनापूरको सकुर कोलोनीमा बस्दै आएकी ति महलिाले एकैपटक ४ स्वास्थ शिशुलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

शिशुलाई जन्म दिने महिलाका श्रीमान विदेशमा काम गर्दछन् । डा. नुजहत रहमानले अप्रेशनको माध्यमबाट बच्चाहरुलाई जन्म दिएको बताएका छन् ।



एकैपटक ४ बच्चाहरु जन्मिएपछि सबै चकित बनेका छन् । डाक्टरले आफ्नो अनुभव बताउँदै २० वर्षमा पहिलो पटक यस्तो केस ह्याण्डिल गरेको बताएका छन् ।

सम्बन्धित समाचार