कोरोनाको उपचार लकडाउन होइनः राहुल गान्धी

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले देशभर लकडाउन गर्नु मात्रै कोरोना भाइरसको उपचार नभएको बताएका छन् ।

बढीभन्दा बढी टेष्ट गर्नु नै कोरोनासँग लड्ने सबैभन्दा ठूलो हतियार भएको गान्धीको भनाइ छ । उनले कोरोना भाइरसको संक्रमणबाट मानिसहरुलाई जोगाउन जति सक्दो धेरै कोरोनाको परीक्षण गर्नुपर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



हाल भारतमा प्रति १० लाख व्यक्तिमा १९९ जनाको मात्रै परीक्षण भइरहेको भन्दै त्यसलाई बढाउनु पर्ने उनको सुझाव छ । साथै राहुलले केन्द्र सरकारले राज्य सरकारलाई सहयोग गुर्नपर्ने पनि बताएका छन् ।

कोरोनाविरुद्धको लाडाई भर्खरै सुरु भएको भन्दै यो लडाई लामो समयसम्म जानेतर्फ उनले सरकारलाई सचेत गराएका छन् । विपक्षीको काम सरकारलाई सुझाव दिनु मात्रै भएको भन्दै त्यसको कार्यान्वयन गर्ने नगर्ने सरकारको हातमा रहेको उनले बताए ।

कोरोना भाइरसको महामारीबाट भारतमा हालसम्म करिब साढे १२ हजार मानिसहरु संक्रमित बनेका छन् भने ४ सय २३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार