कोरोना विवादका कारण ब्राजिलमा राष्ट्रपतिद्वारा स्वास्थ्य मन्त्री बर्खास्त

ब्राजिलका राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा मतभेद भए पछि राष्ट्रपति जायर बोलसोनारेले स्वाथ्यमन्त्री लुइज हैनरिक मनडेटालाई पदबाट बर्खास्त गरेका हुन् । स्वास्थ्य मन्त्रीले आइतबार एक अन्तरवार्ता दिँदै कोरोना भाइरसको जोखिम बिरुद्ध सरकार एक जुट भएर लड्नु पर्ने बताएका थिए । उक्त अभिव्यक्तिप्रति राष्ट्रपतिले आपत्ति जनाएका थिए ।

स्वास्थ्य मन्त्रीले संक्रमणबाट बच्न सामाजिक दूरी बाढाउनु पर्ने भन्दै राज्यले गरेको लकडाउनको तारिफ गरेका थिए । तर राष्ट्रपतिले जनतामा त्रास सिर्जना नगरी कोरोना संक्रमण बिरुद्ध लड्नु पर्ने बताउँदै आएका थिए । उनी कोरोनालाई सामान्य फ्लू भन्दै आएका थिए ।



राष्ट्रपतिले ट्विटरमार्फत स्वास्थ्य मन्त्रीलाई बर्खास्थ गरेको जानकारी दिए पछि नागरिकले राष्ट्रपतिको कदमको भाँडा बजाएर बिरोध गरेको बीबीसीले जनाएको छ ।

सम्बन्धित समाचार