भारतमा कोरोना संक्रमितको संख्या १४ हजार ३५२ पुग्यो, ४८६ जनाले ज्यान गुमाए

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ ।

अहिलेसम्म २ हजार ४१ जनाले उपचार गराएर घर फर्किएका छन् भने ११ हजार ८२५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार