कोरोना महामारीकाबीच आकाशमा देखियो अद्भूत घटना

कोरोना भाइरसको महामारीकाबीच विश्वमा बुधवार राती आकाशमा एक अद्भूत खगोलीय घटना देखिएको छ । अप्रिल महिना खगोलीय घटनाहरु धेरै देखिने महिनाकोरुपमा पनि जान्ने गरिन्छ ।

बुधवार राती उल्काहरुको वर्षा भएसँगै आकाश थप चम्किलो देखिएको थियो । आकाश अबको एक हप्तासम्म चम्किलो देखिने छ । यस बेलामा धर्तीमा जो कोहि पनि रातीको बेला सहजै देख्न सकिनेछ । लिरिड्स मेटियोर शावर नामको यस खगोलीय घटनालाई कन्जक्शन पनि भन्ने गरिन्छ ।



यस अद्भूत घटनाका कारण आकाश अत्याधिक चम्किलो बन्ने गर्दछ । खगोलशास्त्रीहरुका अनुसार आज अमावास्य भएकोले बुधवार राती चन्द्रमा धेरै लामो समयसम्म देखिएको थियो । त्यसैले पनि बुधवार उल्काको वर्षा सहजै देखिएको थियो ।

अमेरिकन मेटियर सोसाइटीका अनुसार, यो घटना तब मात्र हुन्छ, जब वृहस्पति, शनि, मंगल र चन्द्रमा एक बिन्दूमा रहेको हुन्छ । यस गतिविधलाई लिरिड्स मेटियोर शावर भन्ने गरिन्छ ।

यस समयमा २२ अप्रिल पछि मध्य रात्रीमा आकाशमा उल्का पिण्डको वर्षाका कारण आकाश चम्किलो देखिन्छ । ३० अप्रिलसम्म आकाशमा यस्तो देखिने खगोलशास्त्रीहरुको भनाई रहेको छ ।

उल्का पिण्डहरुको वर्षा राती २ देखि ४ बजेसम्म अत्याधिक राम्रो र चम्किलो देखिने खगोलविदहरुको भनाई छ accuweather.com का अनुसार आकाशमा अप्रिलमा प्रतिघण्टा १८ उल्कापिण्ड देखिन सक्छन् ।

सम्बन्धित समाचार