बस दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु

महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ ।

अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २३ वर्षीय बाबुराम बिश्वकर्मा रहेका छन् ।



लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए ।

३५ जना यात्रु सवार सो बसमा घाइते भएका तामाकोशी २ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्माको उपचार बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार