युवा संघ नेपालको आकस्मिक रक्तदान कार्यक्रम

राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरसका कारण पर्न सक्ने रगतको अभावलाई ध्यानमा राखी शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लकडाउनको विषम परिस्थितिमा पनि उक्त रक्तदान कार्यक्रममा १ सय ७२ रक्तदाताले रक्तदान गरेका थिए । इमाडोलस्थित कृष्ण प्रणामी मूल मन्दिरमा भौतिक र सामाजिक दूरी कायम गरी कोरोना भाइरस संक्रमणबाट सतर्क रहन आवश्यक मापदण्ड कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीका अध्यक्ष विकास सुवेदीले जानकारी दिए ।



यो विषम घडीमा ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम सफल पार्न महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापा र नवीन तण्डुकार लगायत युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको विशेष योगदान गरेको समेत सुवेदीले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि ललितपुर क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद कृष्णलाल महर्जन, विशेष अतिथिमा बागमती प्रदेश सभा सदस्य माधव पौडेल, महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ तथा नेकपा बागमती प्रदेश सहकारी विभाग प्रमुख शिवप्रसाद कट्टेल रहेको आयोजक सुवेदीले जानकारी दिए ।

सम्बन्धित समाचार