मौसम पूर्वानुमान: आज पनि हावाहुरीसहित असिना पानी

देशभरको मौसम आज पनि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार अहिले पूर्वी भू-भागमा सामान्य वदली र मध्य पहाडी भू-भागमा आंशिक वदली भइ बाँकी भू-भागमा मौसम सफा छ तर दिउँसोसम्म वर्षा हुने सम्भावना भने कायमै छ ।



दिउँसोसम्म देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रिमनसुनसमेत शुरु भएपछि केही दिनयता निरन्तर वर्षा हुँदै आइरहेको छ । यो क्रम आउने शनिबारसम्म कायमै रहने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित समाचार