समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा बिहीबार उजुरी दिएका छन् ।
यसअघि उनले आफूलाई बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालयमा किटानी जाहेरी दिन खोजे पनि उनीहरुले उजुरी नै दर्ता गर्न मानेका थिएनन् ।
उनले शक्ति र सत्ताका आडमा ती तीनले आफ्नो ज्यान लिनसक्ने खतरा भएको भन्दै उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही र छानबिनका लागि निवेदन दिएका हुन् ।