धरौटी बुझाएर छुटे लगत्तै पुन पक्राउ परे व्यवशायी अग्रवाल

कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवशायी सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै फेरी पक्राउ परेका छन् । सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाललाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण परिक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटी बुझाएर बिहीबार अपरान्ह छुटेका थिए ।



काठमाडौँ जिल्ला अदालतले अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागेको थियो । न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको आदेश सुनाएको हो । बुधबारदेखि बहस सुरु भएको थियो ।

सम्बन्धित समाचार