वेस्टर्न युनियनका एजेन्टहरू अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनी ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेका छन् । यस होम डेलिभरी सेवामार्फत नेपालका ग्राहकहरूले आफ्नो घरबाट बाहिर ननिस्की आफन्तहरूले पठाएको रकम प्राप्त गर्न सक्नेछन् । कोभिड—१९ का कारण सरकारले मुलुक लकडाउन गरिरहेको अवस्थामा अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले ग्राहकहरूको रकम घरमै पु-याइदिने भएको हो । होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘हामी र हाम्रा एजेन्टहरूको माध्यमबाट हामी जुन ठाउँ र जुन समयमा रकम आवश्यक परे पनि पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने छौं । यो उद्देश्य परिपूर्ति गर्ने क्रममा हामी डिजिटलसम्बन्धी ज्ञान भएका वर्ग वा नभएका सबैलाई समान रूपमा सेवा गर्ने प्रतिबद्ध छौं’ वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भने ।
यसैक्रममा अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले भने ‘हामी जिम्मेवारपूर्वक हाम्रो ग्राहकहरूका सेवाका लागि तयार रहेको सुनिश्चित गर्न नसकेसम्म सबै सम्भव प्रयास गर्न प्रतिबद्ध छौं ।’ हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भने ‘हामीलाई थाहा छ– हालको परिस्थिति अनुकूल छैन र यो कठिन समयमा पनि हामी ग्राहकहरूलाई वैकल्पिक समाधानहरू प्रदान गर्न पाउँदा खुशी भएका छौं । हाम्रो घर घरमा रकम डेलिभरी गर्ने कार्यले सबै ग्राहकहरूमा नगदको पहुँच सुनिश्चित गर्दछ र बैंक खाता नभएकाहरू पनि यस सेवाबाट लाभान्वित हुनेछन् ।’
सो सेवा लिनका लागि आफन्तले रकम पठाएको जानकारी पाएपछि जसको नाममा पैसा पठाइएको हो, निजले अन्नपूर्ण ट्राभल एण्ड टुर्स (फोन नं.४२२३५३०) मा वा हुलास रेमिटान्स (मोबाइल नं.९८५१०१९९७३) मा सम्पर्क गरेर सहज सुविधा लिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।