बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन

बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ ।  सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको निधनसँगै  बेलायतमा ज्यान गुमाउने नेपालीकाे संख्या ३५ पुगेकाे हाे ।  गुरूङलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए ।

पर्वत चारभञ्याङमा जन्मिएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए । पछि बीचैमा जागिर छाडेर नेपाल फर्किए । उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गरेका थिए । स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए ।



बेलायतमा असल समाजसेवीका रूपमा चिनिएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए । उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन्। गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार