कैलालीको अत्तरियास्थित एनआईसी एसिया बैंकको एटिएम फोरेर पैसा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-२ अत्तरीया बजार महेन्द्ननगर रोडमा रहेको उक्त एटीएम बुथ बैशाख १७ गते राती ११ बजे अज्ञात समूहले फोरेर पैसा चोरेको सिसिटिभी फुटेजमा देखिएको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा बझाङको थलारा गाउँपालिका-१ मालुमेला घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटैना बस्ने २२ को सुनिल खड्कालाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।