टम क्रुजको आगामी फिल्म स्पेसमा शुटिङ हुने

टप क्रुज स्पेसमा जाँदै छन् । हलिउड फिल्म उद्योगमा पहिलोपटक कुनै फिल्म शुटिङका लागि उनी स्पेसमा जाने योजना बनाइरहेका छन् ।

मिसन इम्पोसिबलको एक भाग स्पेसमा ताराहरुका बीच छायांकन गरिनेछ । यो फिल्म नासाको इन्टरनेशनल स्पेस स्टेशनमा शुटिङ गरिने जनाइएको छ ।



टम क्रुजले इलोन मस्क र स्पेसएक्ससँग टिमअप गर्दैछन् । यो एक्सन एडभेन्चर फिल्म कस्तो हनेछ भन्ने अहिले नै धेरैको चासोको विषय बनेको छ । मिसन इम्पोसिबल टिमको यो घोषणालाई लिएर नासाले प्रतिक्रिया जनाएको छ । नासाका अधिकारीले भनेका छन् – टम क्रुजसँग स्पेस स्टेसनमा काम गर्न नासा उत्सुक छ ।

नासाले यसलाई चासोका साथ लिएको जिम ब्रिडेन्सले ट्वीटमार्फत जनाएका छन् । टम क्रुजको फिल्म स्पेसमा फिल्म शुटिङ गरिने घोषणा सोमवार गरिएको थियो । अमेरिकी मिडियाले टम क्रुज र इलोन मस्कले स्पेसबाहिर फिल्म शूटिङ गर्न लागेको जनाएका थिए ।

https://twitter.com/JimBridenstine/status/1257752395750289409?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1257752395750289409%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.khabarhub.com%2F2020%2F06%2F161000%2F

टम क्रुजको मिसन इम्पोसिबल ७ कोरोना भाइरसका कारण २०२१ को नोभेम्बरमा र मिसन इम्पोसिबल ८ सन् २०२२ को नोभेम्बरमा रिलिज गरिने घोषणा गरिएको छ ।

सम्बन्धित समाचार