निको भएर घर फर्किसकेका काठमाडौँका एक पुरुषमा पुनः कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सनसिटी अपार्टमेन्टमा बस्ने उनलाई बुधबार बिहान पाटन अस्पतालमा भर्ना गरिएको श्रोतले बताएको छ ।
चैत ५ मा बेलायतबाट फर्केका ती पुरुष र उनकी आमामा यसअघि संक्रमण देखिएर उनीहरु १० दिनमा संक्रमणमुक्त भई फर्केका थिए ।
ती पुरुषमा फेरि मंगलबार पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको हो ।