पछिल्लो पटक स्वाब लिइएका नेपालगञ्जका ३४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। नेपालगञ्ज आसपासबाट संकलन गरिएको ५४ स्वाबमध्ये ३४ को रिपोर्ट आएको हो ।
भेरी अस्पताल, नेपालगञ्जले बुधबार अपराह्न आफ्नो फेसबुक पेजमार्फत रिपोर्ट सार्वजनिक गरेको छ । नेपालगञ्जका ५४ जना, मेडिकल कलेज र बर्दियाका १२ जना गरी ६६ जनाको स्वाब परीक्षण गरिएकोमा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
नेपालगञ्जमा २३ जना संक्रमित देखिएपछि उनीहरुको सम्पर्क आएकाहरुको खोजी, स्वाब संकलन र परीक्षणलाई तिब्रता दिइएको छ ।