भारतको पुल्वामा जिल्लाको दुई स्थानमा जारी भिडन्तमा भारतीय सुरक्षाबलहरूले ६ आतङ्कीलाई मारेको छ। पुलवामाको अवन्तीपोरा भिडन्तमा हिजबुल कमाण्डर पनि मारिएका छन् । रियाज नायक हिजबुल कमाण्डर र बुरहान वानीको नजिकका साथी थिए । रियाज २०२० मा आतङ्की संगठन हिजबुल मुजाहिदीनमा सामेल भएका थिए । रियाज २०२० देखि नै भारतको मोस्ट वान्टेडको सुचीमा थिए । आतङ्की संगठनमा लाग्नु अघि रियाज एक निजी स्कूलमा अध्यापक थिए ।
कश्मिरका आईजीपी विजय कुमारले पनि आतङ्की रियाज नायक र उनका दुई साथी पुलवामा भिड़न्तमा मारिएको पुष्टि गरे । अर्कोतिर, पुलवामा जिल्लाकै शऱशाली खरयू क्षेत्रमा आतङ्कीहरू तथा सुरक्षाबलहरूबीच भएको भिड़न्तमा सुरक्षाबलहरूले अन्य तीन आतङ्कीलाई मारेको छ। मारिएका आतङ्कीहरूको पहिचान हुन सकेको छैन।
सुरक्षाबलहरूले आतङ्कीहरूको शवको साथ हतियार र गोला बारूद बरामद गरेको छ। यो भिडन्त मंगलबार रातिदेखि नै जारी छ । पुलवामा जिल्लाको अवन्तीपोरा अन्तर्गत बेगीपोरा गाउँमा मंगलबार रियाज बिरामी आमालाई हेर्न आफ्ना दुई साथीको साथ आएका थिए । आतङ्की रियाज नायकको गाउँमा उपस्थितिबारे गुप्त सूचना पाएपछि रातीनै सेनाको ५५ आरआर, सीआरपीएफ तथा एसओजीको एक संयुक्त टीमले पूरा क्षेत्रको घेराउ गरेको थियो । बिहान हुनसाथ सुरक्षाबलहरू र आतङ्कीहरूबीच भिड़न्त शुरू भयो। यस अवधिमा सुरक्षाबलले आतङ्की रियाज लुकेको घर नस्ट गरेको थियो। भिड़न्तमा रियाज सहित उनका दुई साथी आतङ्की पनि मारिएको बताईएको छ ।