बिरामीसँग कुराकानी गर्न र दबाइपानी दिन तयार भयो रोबोट

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप लकडाउनसहितका उपायहरु अपनाइएका छन् । र संक्रमितको उपचारका लागि अस्पताल तयार गरिएका छन् भने स्वास्थ्यकर्मीहरु पनि तयारी अवस्थामा छन् ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कोरोना भाइरसको संक्रमण भएकाहरुको उपचारका लागि विशेष व्यवस्था गरिएको छ । सो अस्पतालको आइसोलेसन वार्डलाई विशेष बनाइएको छ । त्यहाँ भर्ना हुने संक्रमितलाई अत्याधुनिक ‘रोबोट’ ले सेवा प्रदान गर्ने व्यवस्था गरिएको सहसेनानी डा. प्रणय कार्कीले जानकारी दिएका छन् ।



आइसोलेशन वार्डमा भर्ना हुने कोरोना भाइरसबाट संक्रमितको सेवामा खटिने रोबोटलाई तीनवटा कामका लागि प्रयोग गर्ने गरी तयार गरिएको छ । दैनिक औषधि प्रदान गर्न, डाक्टर र बिरामीको सम्वाद तथा बिरामीलाई खाना प्रदान गर्न रोबोटको प्रयोग गरिने डा. कार्कीले बताए ।

रोबोटको प्रयोगले पीपीईको खपत कम हुने र अरु अत्यावश्यक परेका ठाउँमा प्रयोग गर्न मिल्ने उनले बताए । छाउनी अस्पताललाई यी रोबर्टहरु महावीर पुनको राष्ट्रिय आविश्कार केन्द्रले उपलब्ध गराएको हो ।

सम्बन्धित समाचार