परीक्षण किट चाहियो भन्दै बजारभर टाँसियो पर्चा

हुम्लाका नागरिकले जिल्लामा कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनका लागि तीनै तहका सरकारसँग माग गरेका छन ।

सयौँको संख्यामा नागरिकहरु क्वारेन्टाइमा बसेको अवस्थामा संक्रमण परीक्षणका किटहरु जिल्लामा नभएपछि त्यसको व्यवस्था गर्न नागरिक समाजका तर्फबाट माग गरिएको हो ।



परीक्षणको दायरा बढाउन र स्वास्थ्य सामग्रीको व्यवस्थापन सहज पार्न माग राख्दै बजारभरी पर्चा टाँसेको नागरिक अगुवा बसन्त रोकायाले बताए ।

नागरिकको उद्धारसँगै परीक्षणका लागि सम्पूर्ण व्यवस्थापन गर्न पर्चामार्फत माग गरिएको छ ।

सम्बन्धित समाचार