आईएमएफले नेपाललाई दियो शुन्य ब्याजदरमा २६ अर्ब बराबरको कर्जा

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपाललाई २६ अर्ब बराबरको शून्य ब्याजदरको विशेष कर्जा र्‍यापिड क्रेडिट फेसिलिटी (आरसीएफ) सुविधा उपलब्ध गराउने भएको छ ।

मुद्राकोषले विश्वका धेरै देशहरुमा यस्तो सुविधाहरु उपलब्ध गराएको छ । यस्तो सुविधा पाउने नेपाल ५० औं राष्ट्र भएको आईएमएफले जनाएको छ । उक्त सुविधाका लागि नेपालले गरेको आग्रहलाई आईएमएफ कार्यकारी समितिले बुधबार स्वीकृत गरेको छ ।



कोभिड–­१९ का कारण अर्थतन्त्र जोखिममा परेकाले आपत्कालीन वित्तीय सहयोगका रूपमा नेपाललाई पनि उक्त सुविधा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड–­१९ का कारण आन्तरिक आर्थिक गतिविधि, पर्यटन, रेमिट्यान्सलगायत क्षेत्र प्रभावित भएकाले मुलुकको शोधनान्तर स्थितिलाई सन्तुलित बनाउन २ सय १४ मिलियन अमेरिकी डलर (करिब २६ अर्ब रुपैयाँ) आरसीएफ स्वीकृत गरिएको छ,’ आईएमएफले भनेको छ ।

राष्ट्र बैंकका अनुसार मुलुकको शोधनान्तर अवस्था सन्तुलनमा राख्न, वित्तीय व्यवस्थापनलगायतमा आरसीएफमार्फतको पैसाले आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन हुने खालका कार्यक्रम सञ्चालन गरिनेछ ।

सम्बन्धित समाचार