आकाशमा बिहीवार राती देखियो वर्षकै अन्तिम सुपरमूनको अद्भूत दृश्य (फोटोसहित)

सुपर फ्लावर मून २०२० चन्द्रमा मन पर्नेहरुका लागि रोमाञ्चक बन्यो । नेपाल समेत विश्वभर यस वर्षको अन्तिम सुपरमून बिहीवार देखिएको थियो ।

बिहीवार बुद्ध पूर्णिमाका दिन चन्द्रमा एकदमै चम्किलो र राम्रो देखिनुका साथै लामो समयसम्म देखिएको थियो । सुपरमूनका केहि तस्वीर सोसल मिडियामा भाइरल बनिरहेका छन् ।



नेपालबाट पनि चन्द्रमाको अद्भूत दृश्य देखिएको थियो । एएनआईले पनि केहि तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेको छ । मौसम सफा भएको कारणले नेपालबाट पनि चन्द्रमा एकदमै चम्किलो देखिएको थियो । यो यस वर्षकै अन्तिम सुपरमून थियो ।

अब एकै पटक सन् २०२१ मै सुपरमून देख्न पाइनेछ । तर चन्द्र ग्रहण भने देख्न सकिनेछ । आउँदो महिनाको जून ५ मा यस वर्षको दोश्रो चन्द्र ग्रहण लाग्दैछ । उक्त चन्द्रग्रहण नेपाल समेत केहि देशहरुबाट देख्न सकिनेछ ।

सम्बन्धित समाचार