के ‘रामायण’ ले धेरै हेरिनेमा विश्व रेकर्ड बनाएको हो ?

यतिबेला भारतीय टेलिभिजन दूरदर्शनमा प्रसारित ‘रामायण’ संसारमा सबैभन्दा बढी हेरिने टेलिभिजन शो भएको खबर फैलिएको छ । दूरदर्शनले ट्वीट गरेर यसको घोषणा गरेको थियो ।

१६ अप्रिलमा प्रसारण गरिएको ‘रामायण’ ७ करोड ७० लाख मान्छेले हेरे । जबकि ‘गेम अफ थ्रोन्स’ र ‘बिग ब्याङ थ्योरी’ भन्दा पनि धेरै हेरिएको भनियो ।



विश्वमा गेम अफ थ्रोन्स ९१ करोड ७४ लाख० र बिग ब्याङ थ्योरी ९१ करोड ८० लाख० धेरै हेरिएको रेकर्ड छ । दूरदर्शनले कीर्तिमानी बनाएको भने पनि यो सत्य नभएको देखिएको छ । किनकि, अमेरिकन वार कमेडी ड्रामा टेलिभिजन शो ‘मेस’ ले २८ फेब्रुअरी १९८३ को अन्तिम एपिसोडसम्म १०६ मिलियन (१० करोड ६० लाख) ले हेरेका छन् ।

यो आँकडा ‘रामायण’ को भन्दै धेरै अगाडि हो । १६ अप्रिलमा धेरै हेरिएको दाबी गर्दा पछिल्ला ५ वर्षमा सिरियल हेर्ने यस्तो क्रेज नदेखिएको पनि बताइएको थियो ।

सम्बन्धित समाचार