सरकारले जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश संसदमा पेश गरेको छ । शुक्रबार सुरु भएको संसद बैठकमा अध्यादेश पेश भएको हो। प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले दुवै अध्यादेश पेश गरेका हुन् ।
त्यस्तै कानुन मन्त्री शिवमाय तुम्बाहाम्फेले खारेज भएको अध्यादेश जगाउन जारी भएको अध्यादेश पेश गरेकी छिन् ।
शुक्रबारदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आह्वान गरेअनुसार शुक्रबार दिउँसो ४ बजे अधिवेशन सुरु भएको हो ।
कोराना भाइरसको संक्रमणबाट बच्न पर्याप्त सावधानी अपनाएर बैठक सुरु भएको छ ।