मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित भएका छन् । मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने क्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो ।
विभागका महानिर्देशक दातु नुर हिसाम अब्दुल्लाहका अनुसार ७ सय ८६ जना विदेशी कामदारको स्वास्थ्य परीक्षण गरिएकामध्ये ६० जनालाई पोजिटिभ देखिएको हो ।
२ सय ८६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ४४० जनाको नतिजा आउन बाँकी छ । त्यसमा कति जना नेपाली भनेर खुलाइएको छैन । उक्त उद्योगमा अप्रिल ५ तारिखमा पहिलोपटक कोरोना संक्रमित देखा परेका थिए ।