कोरोनाबाट मृत्यु हुनेको संख्या नघटेपछि ट्रम्पले हिन्दु पुजारी बोलाएर गराए शान्तिपाठ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना प्रकोपबीच हिन्दु पुजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्तिपाठ’ मन्त्र बढ्न लगाएका छन् । न्यु जर्सीस्थित स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले गत बिहिबार ह्वाइट हाउसमा ट्रम्पको आग्रहमा ‘शान्तिपाठ’ मन्त्र पढे ।

मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए । ट्रम्पले सो क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए ।



ट्रम्पले भने, ‘हाम्रो देशले ठूलो कठिनाइ सहेको छ । तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ । हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं ।’

शनिबारसम्मको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ८३ हजार ७७७ पुगेको छ भने ७७ हजार १७७ जनाको मृत्यु भैसकेको छ । विश्वमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा धेरै हो ।

सम्बन्धित समाचार