इन्टरनेटमा बढी खोजिने सेलिब्रेटी बने प्रियंका र सनी

कोरोना महामारीका कारण अहिले बलिवुडका गतिबिधि बन्द रहेका छन् । यद्यपी लकडाउनमा रहेका बेलापनि सेलिब्रेटीको लोकप्रियता र गतिबिधिमा भने कमी आएको छैन । यसै बीच इन्टरनेटमा बढी खोजिएकी सेलिब्रेटीको सुचीमा बलिवुडबाट हलिवुड पुगेकी अभिनेत्री प्रियंका चोपडाले सबैलाई जितेकी छन् ।

एसई मर्श अध्ययनले सार्वजनिक गरेको एक आँकडामा प्रियंका चोपडालाई इन्टरनेटमा सबैभन्दा धेरै पटक खोजिएको छ । उनलाई गुगलमा ३९ लाख पटक खोजिएको रिपोर्टमा बताइएको छ । प्रियंका अहिले कोरोना बारे जान चेतना फैलाउनुका साथै सामाजिक संजालमा निकै सक्रिय रहेकी छन् ।



त्यस्तै यस रिपोर्टको दोस्रो सुचिमा बलिवुडकै अर्की अभिनेत्री सनी लियोनी रहेकी छन् । उनलाई गुगलमा ३१ लाख पटक खोजिएको छ । प्रियंकापछि सनीलाई धेरै पटक खोजिएको हो । आफ्नो बोल्ड लुकका कारण सधै चर्चामा रहने सनीले सामाजिक संजालमा सार्वजनिक गर्ने हरेक तस्वीर भाइरल हुने गर्दछन् ।

त्यस्तै यस सुचीमा तेस्रो स्थानमा बलिवुडकी अर्की अभिनेत्री कट्रिना कैफ छन् । उनलाई १९ लाख पटक गुगलमा खोजिएको छ । आजभोलि कट्रिना सामाजिक संजालमा समेत निकै सक्रिय रहेकी छन् ।

त्यस्तै बलिवुडका पुरुष सेलिब्रेटीमा भने सबै भन्दा बढी सलमान खानलाई २१ लाख पटक खोजिएको छ । त्यस्तै दोस्रो स्थानमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई २० लाख पटक खोजिएको छ ।

अर्का अभिनेता ऋतिक रोशनलाई १३ लाख पटक खोजिएको छ । ऋतिक रोशन आफ्नो फिटनेसका कारण सधै चर्चामा रहने गर्दछन ।

सम्बन्धित समाचार