मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

नेपाल सरकारले लागु गरेको देशव्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरूलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत देशको विभिन्न स्थानहरूमा राहत सामाग्री वितरण गर्ने क्रममा बैंकको शाखा कार्यालय घोराहीले घोराही उप–महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको घोराही शाखाका शाखा प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनतकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको कुरा बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, बैंकले धनगढी उप–महानगरपालिका – ०४ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका धनगढी शाखाका शाखा प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका – ०४ का प्रमुख पदमराज सापकोटा र सुन्दर सुदुरपश्चिम यातायात प्रा.लिका प्रमुख दिपक थापालाई हस्तान्तरण गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।



साथै, बैंकले नार्गाजुन – ०४, काठमाडौंको शक्ति कुमारी टोल सुधारलाई राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखाका शाखा प्रमुख विजय उप्रेतीले शक्ति कुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरे भने यसरी नै बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी गराए ।

सम्बन्धित समाचार