लकडाउन उल्लंघन गरेको आरोपमा भारतीय मोडल पुनम पाण्डे पक्राउ

भारतीय नायिका तथा मोडल पुनम पाण्डे लकडाउन उल्लंघन गरेपछि पक्राउ परेकी छन् । उनलाई आइतबार कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरणको लागि गरिएको लकडाउन उल्लंघन गरेपछि पक्राउ गरिएको हो। मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुनम विएमडब्लु कारमा आफ्नो साथीहरुसँग मस्त घुमिरहेकी थिइन् । पुनमलाई सरकारी आदेश पालना नगरेको आरोप लागेको छ। प्रहरीले पुनमसँगै उनका साथी सैम अहमदलाई पनि गिरफ्तार गरेको छ ।



मुम्बई प्रहरीका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ क्षेत्रमा एक पाँच तारे होटल अगाडि गिरफ्तार गरिएको हो । पुनमविरुद्ध आइपीसि १८८, २६९ र ५१ (बी) अनुसार मुद्दा दर्ता गरिएको छ । प्रहरीले उनको कार पनि जफत गरेको छ। उनलाई आजै अदालतमा पेश गरिँदै छ ।

सम्बन्धित समाचार