विज्ञापन बजारमा पनि सबैभन्दा अगाडी महानायक अमिताभ बच्चन

बलिवुडका ७७ बर्षिय महानायक अमिताभ बच्चनले फिल्म र टेलिभिजनमा आफ्नो दबदबा अहिले पनि कायम राखि रहेका बेला बिज्ञापन बजारमा समेत आफुलाई सबै भन्दा अगाडी उभ्याएका छन् ।

विज्ञापन बजारको विश्लेषण गर्ने कम्पनि ट्यामका अनुसार अहिले अमिताभ बच्चनले रणवीर सिंह, अक्षयकुमार जस्ता हस्तीहरुलाई पछि पर्दै सबै भन्दा बडी २० वटा ब्रान्डको विज्ञापन गरिरहेका छन् ।



त्यस्तै रणवीर सिंह १९ ब्रान्डको विज्ञापन गरेर दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली १८ विज्ञापन गरेर तेस्रो स्थानमा रहेका छन् । यस सुचिमा अक्षयकुमार र आलिया भट्ट १५-१५ विज्ञापन गरेर संयुक्तरुपमा चौथो स्थानमा रहेका छन् ।

त्यस्तै अर्क विश्लेषणमा भारतमा बन्ने कुल विज्ञापनमा ८३ प्रतिशत विज्ञापन बलिवुड सेलिब्रेटीले पाएको देखिएको छ भने केवल १७ प्रतिशत विज्ञापन मात्र खेलाडी र अन्य क्षेत्रकाले पाएको देखिएको छ ।

सम्बन्धित समाचार