किट अभाव भएपछि हुम्लामा कोरोना परीक्षण प्रभावित

हुम्लाका तीन वटा गाउँपालिकामा कोरोना संक्रमण परीक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला अन्यौलमा परेका छन् ।

विभिन्न ठाउँबाट आएका सयौँ जना हुम्लामा क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुको क्वारेन्टाइन अवधि दुई दिनपछि सकिँदैछ । तर कोरोना परीक्षण किट नहुँदा अन्यौल सृजना भएको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताए ।



हाल सिमकोट गाउँपालिकामा २५६, नाम्खामा ८६ र खार्पुनाथमा १५६ जना क्वारेन्टाइमा बसिरहेका छन् ।

सम्बन्धित समाचार