लिपुलेक अतिक्रमणको विरोधमा आज साँझ एक मिनेट बत्ति निभाउन आह्वान

हाम्रो नेपाल सुशासन अभियानले भारतद्वारा नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा आज ९मंगलबार० साँझ एक मिनेट बत्ति निभाएर विरोध जनाउन आह्वान गरेको छ ।

कोरोना भाइरस महामारीको विपत्तिको मौका छोपी भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरी उद्घाटन समेत गरेको विषयले सम्पूर्ण नेपालीलाई आक्रोशित र मर्माहत पारेको उल्लेख गर्दै अभियानले भारतको यो हेपाहा, घृणित र दुश्कृत्यको विरोधमा एक मिनेट बत्ति बन्द गरेर विरोध जनाउन आग्रह गरेको हो ।



‘भारतले नेपालको संप्रभुताको कदर र सम्मान गरि गल्ति सच्याओस्’, अभियानले जारी गरेको अपील पत्रमा भनिएको छ, ‘यस दुश्कूत्यको विरोध गर्न र नेपालीहरुको एकवध्दता जनाउन आज ९वैषाख ३० गते बेलुका ठीक ७ः३० बजे० १ मिनट बत्ति निभाउन हामी सम्पूर्ण नेपालीहरुमा हार्दिक अपिल गर्दछौँ ।’

साथै नेपाल सरकारले यस विषयमा आफ्नो भूमि फिर्ता लिई हेपाहा प्रवूत्तिको अन्त्यका लागि उपलब्ध हदसम्मका सबै प्रयत्न तथा विकल्पहरु सोची शिघ्राति शिघ्र नतिजामुखि कारबाही अघि बढाउन पनि अभियानले माग गरेको छ ।

सम्बन्धित समाचार