सीमा अतिक्रमणको विरोधमा राप्रापा निकट विद्यार्थीद्वारा नेपालगञ्‍जमा प्रदर्शन

राप्रपासम्बद्ध युवा विद्यार्थीले नेपालगञ्जमा प्रदर्शन गरेको छ। भारतले गरेको सीमा अतिक्रमणको विरोधमा राप्रपासम्बद्ध युवा–विद्यार्थीले वीपीचोकमा प्रदर्शन गरेका छन् । केहीबेरको प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै राप्रपाका युवा नेता ऋषिराज देवकोटाले भारतले पटक–पटक सीमा अतिक्रमण गरिरहेकाले सीमानामा काँडेतार लगाउनु पर्ने बताए।

‘भारतले पटक पटक सीमा अतिक्रमण गरिरहेको छ । यसपाली सरकारले वारकीपारको लडाई लड्नु पर्छ। सीमानाका काँडेतार लगाउनु पर्छ, युवा नेताले देवकोटाले थपे, सदाको लागि सीमाको समस्या समाधान गर्ने सरकारलाई मौका छ ।’



भारतले नेपाली भूमि भएर मानसरोबर जाने बाटो बनाएपछि यतिबेला नेपालमा प्रदर्शनहरु भइरहेका छन् । नेपाली भूमिमा बसेको भारतीय सेनालाई हटाउन माग भइरहेका बेलामा भारतले नेपाली भूमि नै भएर बाटो बनाएपछि नेपाली आक्रोशित छन् ।

राप्रपाले सम्पूर्ण देशवासीको सरकारलाई पूर्णसमर्थन रहेकाले सीमा विवाद सदाका लागि व्यवस्थापन गर्न माग गरेको हो । युवा नेता देवकोटाले सीमाको विवादमा पटक–पटक अल्झिनु भन्दा एकैपटक काँडेतार लगाएर समस्या समाधान गर्नुपर्ने बताए ।

भारत र चीनले सन् २०१५ मा नेपालसँग समन्वय नगरी सम्झौता गरेपछि त्यसलाई टेकेर भारतले नेपाली भूमिलाई आफ्नोतिर पारेर नयाँ नक्सा बनाउने मात्रै होइन, नेपाली भूमिबाट सडक नै बनाएको छ ।

सम्बन्धित समाचार