भारतको उत्तरप्रदेशमा बसिरहेका नेपालीहरुले स्वदेश फर्कन चाहे उनीहरुका लागि स्वदेश फर्कने आवश्यक व्यवस्था मिलाउन त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् ।
उनले स्वदेश फर्कन चाहनेहरुलाई फर्कने व्यवस्था मिलाउन र उत्तर प्रदेशमै रोकिन चाहनेहरुका लागि आवश्यक प्रबन्ध मिलाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु कोरोना कहरले रोजगारी गुमेपछि भोकभोकै पर्न थालेका बेला उत्तरप्रदेशका मुख्यमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । उनले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल भारत सीमासम्म पु-याउने व्यवस्थापन मिलाउन निर्देशन दिए पनि नेपाल सरकारले भने सीमाबाट कसैलाई पनि स्वदेश आउने अनुमति दिएको छैन ।
उत्तर प्रदेश में निवासरत नेपाल राष्ट्र के जो लोग वापस जाना चाहते हैं, उनकी वापसी की व्यवस्था की जाए, तथा जो लोग यहां रुकना चाहते हैं, उनके लिए आवश्यक प्रबन्ध सुनिश्चित किए जाएं: मुख्यमंत्री श्री @myogiadityanath जी
— Yogi Adityanath Office (@myogioffice) May 11, 2020
भारतमा रहेका नेपालीहरुले आफूहरुको उद्धार गर्न सरकारसँग हारगुहार गरिरहेका छन् ।