नेकपा स्थायी समिति बैठक बुधबार बस्ने, यस्ता छन् बैठकका एजेण्डा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बुधबार बस्ने भएको छ । एक दिन मात्र बस्ने बैठकका लागि दुई एजेन्डा तय भएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र सीमा समस्याको एजेन्डामा छलफल हुने बताए । ‘बुधबारका लागि यी दुई एजेन्डामा मात्र छलफल हुन्छ,’ उनले भने, ‘बाँकी एजेन्डा अनौपचारिक गृहकार्यपछि तय गरेर मात्र बैठक बस्छ ।’



नेकपाका २० जना स्थायी समिति सदस्यले १० बैशाखमा बैठक बोलाउन लिखित माग गरेका थिए । त्यसपछि २० वैशाखको सचिवालय बैठकले २५ बैशाखमा बैठक राख्ने निर्णय गरेको थियो । तर, बैठकको एजेन्डामा सहमति नभएको भन्दै स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार