नेकपाको स्थायी समिति बैठक फेरि स्थगित

आज बिहान ११ बजे बोलाइएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक स्थगित भएको छ । कोरोना संक्रमण बढेको र कतिपय स्थायी कमिटी सदस्यको पीसीआर टेस्ट हुन बाँकी रहेकोले आज बोलाइएको बैठक स्थगित भएको नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिए ।

यसअघि २५ बैशाखमा बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । २४ गते सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री ओली बीचमै उठेर हिँडेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो ।



यसअघि मंगलबार स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए । उनी टेकु अस्पतालमा अहिले उपचाररत छन् ।

सम्बन्धित समाचार