ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान प्रहरीले सिल गरेको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएकी नर्सको सम्पर्कमा आएकी उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गर्ने गरेको देखिएकाले सिल गरिएको प्रहरीले जनाएको छ ।
केही दिनअघि सुनसरीको झुम्काबाट भक्तपुर आएकी नर्समा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
ती नर्सको सम्पर्कमा रहेकाको खोजी गर्दा उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गरेको देखिएपछि आरोग्य प्रतिष्ठान सिल गरिएको प्रहरी स्रोतले बताएको छ ।