दक्षिण अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ब्राजिल सबैभन्दा बढी प्रभावित भएको छ ।
ब्राजिलमा एक दिनमै अहिलेसम्मकै धेरै व्यक्तिको निधन भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ब्राजिलमा मंगलबार कोभिड–१९ का कारण ८८१ जनाको निधन भएको हो । यसअघि मे ८ मा ७५१ जनाको ज्यान गएको थियो ।
ब्राजिलमा अहिलेसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ । यस्तै त्यहाँ कुल संक्रमितको संख्या एक लाख ७८ हजार २१४ पुगेको छ ।
मंगलबार मात्रै ९ हजार २५८ जना संक्रमित थपिएका हुन् । संक्रमित मध्ये ७२ हजार ५९७ जना निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म दुई लाख ९१ हजार ९ सय भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै हालसम्म ४२ लाख ६२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।