भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले केन्द्रमा कार्यरत कुनै पनि कर्मचारीमा कोरोना संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ ।
केही सञ्चार माध्यममा केन्द्रमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएको समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रत्यारोपण केन्द्रले अस्पतालमा कार्यरत कसैलाई पनि कोरोना नभएको प्रष्ट पारेको हो ।
‘कोरोना संक्रमित भनिएकी स्टाफ नर्सको सम्पर्कमा आएकी केन्द्रमा कार्यरत उनकी दुईजना साथी अहिले सुरक्षित क्वारेन्टाइनमा रहेको र उनीहरु वैशाख २६ गतेदेखि अस्पतालमा उपस्थित नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, केन्द्रका तर्फबाट उपसचिव भानुभक्त न्यापानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।