भारतमा रेल चलेपछि नेपालीहरु भकाभक सीमामा आउँदै

‘हाम्रो गाउँका मान्छेले रेलको टिकट काटिसके । नेपालगञ्ज नाकाबाट भित्रिने अवस्था के छ रु’ बर्दियाबाट एकजनाले फोन गरे ।  बर्दियाबाट मात्रै होइन, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट नेपालगञ्जमा बस्ने पत्रकार या आफन्तीलाई यस्तो फोन आइरहेका छन् । उनीहरुको एउटै चासो छ, भारतबाट आफन्ती हिँडिसके नेपालगञ्जबाट भित्रिन दिएको छ कि छैन ?

भारतमा रेल चलेसँगै नेपालीको घर फिर्ती बढ्दै गएको छ । नेपालगञ्जको पूर्वी नाकाबाट मात्रै दुई दिनमा दुई सय ९८ जना भित्रिएका छन् । ३० जना नाकामा आइपुगेका छन्, भित्रिने तरखरमा रहेका छन् । भारतबाट धमाधम नेपाली घर फिर्ता भइरहदा कोरोनाको जोखिम बढाएको छ । भारतबाट भित्रिने नेपालीमा कोरोनाको जोखिम बढी हुने गरेको छ । बाँकेको पूर्वी नाकाबाट भित्रिएका बासिन्दालाई स्थानीय पालिकाले क्वारेन्टाइन बनाएर राखेको छ ।



बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार, सात ठाउँमा क्वारेन्टाइन बनाएर दुई सय ९८ जनालाई राखिएको छ । यही संखयामा घर फर्किनेहरु बढ्दै जाँदा पालिकाहरुले धेरै क्वारेन्टाइन बनाउनु पर्ने देखिन्छ । अझ अहिलेसम्म नेपालगञ्जको मुख्य नाकाबाट कोही प्रवेश गर्न पाएका छैनन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अहिले जिल्लामा भित्रिएकाहरु भारतमा क्वारेन्टाइनमा बसेका नभई भागेर आएको बताए । ‘भारतको सीमावर्ती ठाउँमा रहेका क्वारेन्टाइनमा मात्रै पाँच सय बढी नेपाली रहेका छन् । उनीहरु आएका छैनन्’, प्रजिअ खड्काले भने ।

भारतबाट आउनेहरु छोटी नाकाबाट जिल्लामा प्रवेश गरिरहेका छन् । यस्तो हुँदा अझ जोखिम बढ्न सक्छ । जिल्लाका एकथरी अगुवाले मुख्य नाकाबाट जिल्लामा प्रवेश गराएर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने विचार व्यक्त गरिरहेका छन् ।

फेरि बाँकेकै विभिन्न क्वारेन्टाइनमा डेढ सय बढी भारतीय छन् । उनीहरुको आरडीटी जाँच भइसकेको छ । लामो समयदेखि क्वारेन्टाइनमा राखिएकाले उनीहरुलाई भारत पठाएर भारतको क्वारेन्टाइनमा रहेका नेपालीलाई मुख्य बाटोमा ल्याउनु पर्ने आवाज उठेको छ ।

प्रजिअ खड्काले यस विषयमा केन्द्रसँग छलफल भइरहेको बताए । ‘यता रहेकालाई उता दिने र भारतमा रहेकालाई यता ल्याउन हामी तयारी अवस्थामा छौं, प्रजिअ खड्काले भने, हामी केन्द्रको निर्णय पर्खेर बसिरहेका छौँ ।’

नेपालगञ्जका पश्चिमको चलनचल्तीको नाका हो । यहाँबाट बाँकेको मात्रै होइन, कर्णाली प्रदेशका धेरै मानिसको मुभमेन्ट हुन्छ । यस्तोमा एकैपटक धेरै जिल्लाका धेरै मानिसहरु नेपालगञ्जको नाकामा आइपुगे भने के गर्ने रु स्थानीय प्रशासनलाई तनावको विषय बनेको छ । जिल्लाको मात्रै भए त सम्बन्धित पालिकालाई क्वारेन्टाइन बनाएर राख्न लगाउन सकिन्छ । कर्णाली प्रदेशलगायत अन्यत्र जिल्लाका व्यक्ति नेपालगञ्ज नाकाबाट भित्रिदा उनीहरुलाई कहाँ, कसरी राख्ने रु छलफल गर्नुपर्ने बेला भएको छ ।

नेपालगञ्ज नाकाबाट भित्रिएका एक सय ८१ जनालाई नेपालगञ्जमा राख्दा स्थानीय प्रशासन, नेपालगञ्ज उपमहानगरपालिकाले ठूलो सास्ती व्यहोरिसकेका छन् । त्यसअघि चैत्र १० गते ८ सय ९९ जना एकै दिन भित्रिदा स्थानीय प्रशासनले ‘रोक्न’समेत सकेको थिएन । यस्तोमा अधिकारीहरुले आकलन गरिएको २८ हजार नेपालगञ्ज नाकाबाट भित्रिए भने कसरी व्यवस्थापन होला रु उत्तर कसैसँग छैन ।

सम्बन्धित समाचार