नेपाल-भारत सीमा विवादलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक चार बजेका लागि डाकिएको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई पनि निम्ता गरिएको छ ।
भारतले नेपालको सुदूरपश्चिमको दार्चुलाको भूमि अतिक्रमण गर्दै कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो खोलेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार भिडियो कन्फ्रेन्समार्फत् धार्चुला–लिपुलेक लिंक रोड उद्घाटन गरेपछि सीमा विवाद पुन चर्केको हो ।