पत्रकारलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा कडाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बुधबारदेखि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएका कारण सर्तकता अपनाउन जरुरी रहेको भन्दै पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

बुधबार बसेको मन्त्रालयको उच्च अधिकारीको बैठकले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन दिएको स्रोतले बताएको छ ।



अबदेखि पत्रकारले मन्त्रालय प्रवेश गर्नका लागि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीलाई सम्पर्क गरी काम र आफूले भेट्नु पर्ने व्यक्तिबारे जानकारी गराउनु पर्ने छ ।

उक्त व्यक्तिले अनुमति दिए मात्र पत्रकार मन्त्रालय भित्र पवेश गर्न पाउने छन् ।

सम्बन्धित समाचार